लाेथरबाट ९६ किलाे गाँजा बरामद

चितवन, ३ बैशाख । पुर्बी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर १ लाेथर स्थित परेवाश्वरी सामुदायिक बनमा लुकाएर राखेकाे अबस्थाकाे भेटिएको ९६ केजी गाँजा नष्ट गरिएकाे छ ।

सशस्त्र प्रहरी बल गढिमाई गण भण्डाराका प्रहरी नायब निरीक्षक उत्तर वाईवाकाे नेतृत्वमा खटिएकाे ९ सदस्यीय टाेलीले साेमबार बिहान गस्तिकाे क्रममा साे परिणामकाे गाँजा बरामद गरेकाे गणका निमित्त प्रमुख राजु पाण्डेले जानकारी दिए ।

मकवानपुरकाे राक्सिङबाट परेवाश्वरी बनबाट गाडीमा लाेड गर्ने क्रममा भेटिए गाँजा शस्त्र प्रहरी बल गढिमाईगणकाे परिसरमा ईलाका प्रहरी कार्यलय भण्डारा , जनप्रतिनिधि, पत्रकारकाे राेहबरमा गणकाे परिसरमा नष्ट गरिएकाे हाे । गणले गत फागुनमा पनि लाेथरबाट २ क्विन्टल गाँजा नष्ट गरेकाे थियाे ।