मान्छे शरिरको सर्भिसिङ गर्ने ठाउँ, जाने हाईन् त ? (भिडियो)

 

प्रकाश सिग्देल
नवलपुर, ३ बैशाख । मानिसहरुको शरिरको सर्भिसिङ गर्नु पर्छ भन्दा मानिसलाई अनौठो लाग्न सक्छ ।
यस्तो पनि कहि हुन्छ र मानिसको सरीर कसरी सर्भिसिगं हुन्छ भन्ने आम मानिसले प्रश्न गर्न सक्छन् । बिरामी भएपछि एम्बुलेन्स चडेर अस्पताल जाने बानिपरेका नेपालीलाई निरोगी रहन शरीर सर्भिसिङ गर्नु पर्छ भन्दा अनौठो लाग्न सक्छ । अनौठो लाग्नु पनि स्वाभाविक नै हो ।
प्राकृतिक चिकितसकहरुका अनुसार दिर्घकाल सम्म स्वस्थ्य फुर्तीलो र रोगबाट आफुलाइृ टाडै राख्न र रोग जरैबाट निधान गर्न शरिरको सर्भि्सिङ अर्थात सोधन आवस्यक पर्छ ।
नवलपुरको रजहरमा यस्तै एउटा सामुदायीक प्राकृतिक चिकित्सालय छ जुनले साच्चै मानब सरिरको ईन्जिन सर्भिसिङं गर्ने गर्छ ।
यहा ‘रोगीहरु निरोगी हुन र निरोगीहरु दीर्घजीवी हुन यो चिकित्सालयमा आउने गर्दछन् ।
यो सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय बन्दै गएको छ । यो नेपालकै पहिलो जनस्तरबाट सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालय हो ।
विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको चिकित्सालयका डा.संघ्राम पुरीले बताए ।
यहा औषधिरहित प्रद्धतिबाट पन्च तत्वको माध्यामबाट शरिरमा प्रतिकुल प्रभाव नपारि उपचार गरी “ज्यादै सस्तोमा पूर्णरुपमा रोग निको बनाउने गरिन्छ ।
“हड्डी खिइने, नसा च्यापिने, क्यान्सर भएका पेटको समस्या भएका प्यारालाईसेस भएका किड्नी फेल भएका सुगर भएका बिरामीहरुले यहाबाट पुर्ण स्वास्थ्य लाभ गर्न सक्ने छन् ।

२०६४ सालमा महायज्ञ गरी स्थापना भएको चिकित्सालयले २०६७ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो ।
यहाँ माटो, पानी, हावा, अग्नी, का साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धति र आहारद्वारा उपचार प्रदान गरिन्छ । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन् ।
यहा तेस्रो मुलुकका मानिसहरुले पनि उपचार लिने गरेका छन् । ललितपुर देखी आएर आबासिय रुपमा उपचार गराईरहनु भएका बिष्णु नाथ नेवारले चिकित्सालयको सेवा अतिनै प्रभावकारी भएको र यस्तो चिकित्सा प्रणालीको बिकासमा राज्य लाग्नु पर्ने बताए ।

इमरजेन्सी र हात खुट्टा भाचिएका, सर्जरी गर्नुपर्ने बिरामीहरु बाहेक अन्य बिरामीहरु प्राकृतिक चिकित्सालयमा आउने गरेका छन् ।
प्रायः अन्यत्र एलोपेथिक उपचार गर्दा(गर्दा थाकेर केही सिप नलागेपछि प्राकृतिक उपचार का लागी यहा आउने गरेको र पुर्ण रपमा निको भएर फकर्ने गरेको पुरी बतउछन् ।
चिकित्सालयमा बिरामीहरुलाई आकाश चिकित्सा, बायू चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडिबुटि चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मालिस चिकित्सा, गौमुत्र चिकित्साका बिभिन्न विधिहरुबाट उपचार गराउने गरिन्छ ।
प्राकृतिक चिकित्सा पद्धतीबाट हुने उपचारको प्रभाव ढिलो देखिने भए पनि साइड इफेक्ट हुँदैन त्यसैले मानिसहरुको यसतर्फ आकर्षण बढ्दो रहेको उहाको तर्क छ ।

बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ ।
यस चिकित्सालयमा ८० बिरामीले आवासीय रुपमा उपचार सेवा लिने गरेको र १५० जनालाई दैनिक सेवा दिन सकिने डा पुरी बताउछन् ।
प्राकृतिक चिकित्सा र योगमा अनुसन्धान र यसलाई शैक्षिक प्रतिष्ठानकै रुपमा बिकास गर्ने आफुहरुको योजना रहेको पुरी बताउछन् ।

उहाका अनुसार स्थापना देखी हाल सम्म १५ हजार बढिले उपचार सेवा लिई घर फर्कीइसकेका छन् । आवासीय सुविधा सहितको सेवा प्रदान गर्दै आएको चिकित्सालयमा अहिले ८२ शैया छन् ।
त्यसमा ३० वटा आधुनिक क्याविन छन् । चिकित्सालयमा अहिले ३ जना आवासीय चिकित्सकहरु छन् । चिकित्सालयमा उपचारका लागि आउने बिरामीहरुले आवासीय सुविधासहित दिनको ७ सय रुपैयाँ तिर्नु पर्छ ।
भवनको अभावका कारण र अझै यहा सेवा बिस्तारमा समस्या भएको डा पुरी बताउछन् र
एलोपेथिक उपचारका लागि खन्याउने रकमको केही हिस्सा मात्र प्राकृतिक चिकित्सामा दिए, त्यसले औषधि र एलोपेथिक पद्धतीमा राज्यको ठूलो आर्थिक भार कटौती हुने चिकित्सक हरु बताउछन् ।

यहा नेपाल सरकारले भवन निमार्णमा सहयोग गरेको छ भने गौरीदेवी प्रधानले १ करोड लागतमा आफ्ना पति स्वर्गीय श्यामकृष्ण प्रधानको स्मृतीमा श्याम कृष्ण भवन निर्माण गर्नु भएको छ ।