राप्ती नगरकी मेयर प्रभाको नयाँ वर्ष शुभकामना : समृद्ध नगर निर्माणमा जुटैँ

चितवन वैशाख १ । राप्ती नगरपालिकाले समृद्ध नगर निर्माणमा एकतावद्ध हुन नगरवासीहरुमा आह्वान गरेको छ ।
नयाँ वर्ष २०७५ सालको अवसरमा राप्ती नगरपालिकाकी प्रमुख प्रभा वरालले शुभकामना सन्देश दिदै नगरपालिकासंग सहकार्य गरेर नगरको समृद्धीमा लाग्न नगरवासीहरुलाई आह्वान गरेकी हुन् ।
कृषि र पर्यटनको प्रचुर सम्भावना वोकेको राप्ती नगरपालिकालाई अवको पाँच वर्ष भित्र समृद्ध नगर वनाउने समेत नगर प्रमुख वरालले सन्देश मार्फत प्रतिवद्धता जनाएकी छिन् ।
हाम्रो नगर विविधताले भरिएको नगर हो नगर प्रमुखले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ – विविधताका बीच सवै क्षेत्रलाई समेटेर राप्तीलाई समृद्ध नगर वनाउनेछौ ।
साथै उनले स्वच्छ, सफा, हरियाली युक्त नगर वनाउने अभियानमा सहयोग गर्न समेत अपिल गरेकी छिन् ।
नगर उपप्रमुख इमानसिंह लामाले नगरपालिका एक्लैले मात्रै सवै काम गर्न नसक्ने भएकाले नगरवासीहरुको साथ आवश्यक रहने औल्याएका छन् । राप्ती नगरपालिका दुई भौगोगिक क्षेत्रले वनेको नगर हो ।
यस नगरपालिकाको १०, ११, १२ र १३ नम्वर वार्ड पहाडी क्षेत्रमा पर्दछ भने वाँकी वडा समथरमा पर्छ । भौगोलिक हिसावले दुई भागमा विभाजित भएपनि आवश्यकता अनुसार भौतिक पुर्वाधारदेखी अन्य विकासको काम गर्ने नगरपालिकाले जनाएको छ ।