पर्वत लिमिठाना मञ्चको शुभकामना आदानप्रदान

चितवन, १ बैशाख । पर्वत लिमिठाना चितवन सम्पर्क मन्चले नयाँ वर्ष २०७५को अवसरमा शुभकामना आदानप्रदान तथा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।
सो कार्यक्रम होटेल मानसरोवर गैडाकोटमा सम्पन्न भएकोे हो । उक्त अबसरमा १४ जना जेष्ठ नागरिकलाई सम्मान गरीयको थियो ।


कार्यक्रममा जगदिश पन्तले यदि जेष्ठ नागरिकहरुलाई छोराछोरीले नपालेको खण्डमा आफूहरुले रेखदेख गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो ।
यसअघि पनि यस मन्चले दुख र पिडामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।
पर्वत लिमिठाना चितवन सम्पर्क मन्चका अध्यक्ष जगदिश पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।