देश उत्पादन र विकासको संघर्षमा होमियो : मन्त्री खनाल (भिडियो सहित)

राजन खरेल

गैँडाकोट, १ वैशाख । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेबले नेपाल अहिले, उत्पादन र संमृद्धिको संघर्षमा रहेको बताउनुभएको छ । नेपालमा जनताको अधिकार र शासन व्यवस्थाको संघर्ष सकिसकाले , देश उत्पादन र विकासको संघर्षमा होमिएको बताउनुभएको हो ।


किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट नवलपुरको नव निर्मित भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताउनुभएको हो । नेपालका सहकारी संमृद्धिको मार्गमा उल्लेख गर्दै सहकारी अब उत्पादन मा केन्द्रित बन्नुपर्ने जोड दिनुभयो ।

फरक प्रसंगमा मन्त्रि खनालले नेपालमा भुमि व्यवस्थाको अवस्था लथालिंग रहेको बताउदै सामुहिक खेतीमा जोड दिदैं नेपाली युवाहरु कृषि क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल विकासको पहिलो माध्यम कृषि भएको ठोकुवा गर्दै कृषि क्षेत्रमा पर्याप्त अनुदान, किसान पेनसन लगायका व्यवस्था लागु हुनुपर्नेमा जोड दिनुभयो ।

अहिले मुलुकका सामु स्थिर सरकारको नितान्त आवश्यकता भएको बताउदैं उहाँले यसको गन्तब्य संमृद्धि र विकास यस्तै सुशासन र जनकल्याण मात्र भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले संस्थाको परिचय उल्लेख गर्दै विक्रम संम्बत २०५२ साल असार १५ गते २५ जना स्थानिय बाट सुका–सुका संकलन गर्दै स्थापना भई यहाँ सम्म पुगेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नवलपुरका प्रतिनिधी सभा सदस्य तिलक महत, प्रदेश नं ४ का सांसद कृष्ण चन्द्र नेपाली लगायत गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, नगरपालिकाका उप– प्रमुख विष्णु कुमारी कंडेल लगायतको सहभागिता रहेको थियो ।

 

MVI_1801