चितवनसहित देशैभर २३ औ वन्यजन्तु सप्ताह सुरु, संरक्षणलाई दिगो बनाउन जोड (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ०१ बैशाख । २३ औ वन्यजन्तु सप्ताह चितवन सहित देशैभरका निकुञ्ज तथा आरक्षहरुमा मनाईएको छ । संरक्षणमा चेतना दिन यसबर्ष ‘ समृद्धिका लागि ः वन्यजन्तु संरक्षण’ भन्ने मुल नारा सहित साताव्यापी कार्यक्रम शुरु गर्दै देशैभरका निकुञ्ज तथा आरक्षहरुमा मनाईएको हो ।
सोही अवसरमा चितवनमा पनि आजदेखि २३औं वन्यजन्तु सप्ताह शुरु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा पहिलो दिन झण्डोतोलन, भेटेनरी प्रस्तुती र नेचर गाईडले खिचेका फोटो प्रर्दशनी गरि सप्ताहको सुरुवात गरिएको हो
पहिलो दिन सौराहामा राष्ट्रिय झण्डातोलन गरि रत्ननगर नगरपालिका मेयर नारायण वनले सुरु गरेका थिए ।


सो अवसरमा बोल्दै मेयर वनले संरक्षणलाई दिगो बनाउन कुनै वन्यजन्तु विविध कारणले ज्यान नगुमाउन र मानव र वन्यन्तु विचको द्धन्द्ध निरुसाहित गर्न लाग्नु पर्ने बताए ।
यस्तै निकुञ्ज पूर्वी सेक्टरका प्रमुख अभिनय पाठकले पछिल्लो समयमा शुन्य चोरी शिकार बर्ष मनाईरहदाँ प्राकृति प्रकोप र मानव वन्यजन्तु विचको द्धन्द्ध नयाँ चुनौतीका रुपमा देखिएको बताए । साथै उनले स्थानियहरु सहभागीतामा अबका दिन संरक्षणलाई अगाडी बढाउनुपर्ने बताए ।


सोही अवसरमा बोल्दै मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले संरक्षण वैज्ञानिक ढगंबाट अगाढी बढाउन संरक्षणकर्मीहरु अग्रसर हुनुपर्ने बताए ।
यस्तै रत्ननगर वडा ७ का अध्यक्ष लालबहादुर भट्टले जथाभावि फोहर गर्न क्रम नै वन वन्यजन्तुका असर पर्ने भन्दै यस्तो कार्य गर्नेलाई कडा कार्वाही गर्ने निति बनाउनु पर्नेमा जोड दिए ।


यस्तै बाघ संरक्षण समितिका अधयक्ष जीतबहादुर तामाङ्कले संरक्षणलाई दिगो रुपमा अगाडी बढाउन स्थानिय सहभागीता विना असम्भव देखिएको बताए ।
सप्ताहमा विविध कार्यक्रमहरु वन्यजन्तुको आनीबानी, बच्ने उपाए, तथा डढेलो नियन्त्रणका कार्यक्रम, घाँसे मैदान व्यवस्थापन, बाघ र गैंडा संरक्षण सम्बन्धी अन्तरक्रिया समेतलाई यस बर्ष विशेष प्रथामिकतामा राखिएको छ ।


सप्ताहमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणिय कृषक मञ्च, विभिन्न सामुदायिक वन, नेचर गाईड एसोसिएसन तथा वर्ड एजुकेसन सोसाईटी लगायत सौराहाका विभिन्न संघसंस्थाको सहकायमा वन्यजन्तु सप्ताह सुरु भएको हो ।
कार्यक्रमहरुमा बैशाख २ गते निकुञ्ज आसपासको खोला सरसफाई, वैशाख ३ गते संरक्षण अन्तरक्रिया, बैशाख ४ गते वन्यजन्तुको आनीबानी र बच्ने उपाएकाबारेमा जानकारी तथा वन डढेलो नियन्त्रणबारे छलफल कार्यक्रम आयोजना गरिने छ ।
वैशाख ५ गते बाघका संरक्षण लागि बाघ दौड कार्यक्रम र संरक्षणका लागि प्रांगारिक खेती सम्बन्धी कार्यक्रम गरिने बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ जानकारी दिए । उनका अनुसार वैशाख ६ गते चितवन निकुञ्जको कार्यलयमा संरक्षण सम्बन्धी जानकारी मुलक प्रस्तुति, अन्तरक्रिया तथा जीप सफारीको कार्यक्रम राखिएको छ ।
यस्तै वैशाख ७ गते संरक्षणमा योगदान दिएकालाई सम्मान तथा अन्तरक्रिया एबं समापन कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
यस्तै पर्यापर्यटनका लागि जीप सफारीका साथै मचनामा बस्ने कार्यक्रम तय भएको सार्वजनिक कार्यक्रममा उल्लेख छ ।