बाँदरमुढे घटना पिडितलाई प्रचण्डले भने तपाईहरुमा माग पुरा हुन्छ, ढुक्क हुनुहोस्

चितवन, ३० चैत । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पिडित र पार्टी विचको सहकार्य ऐतिहासिक बन्ने बताएका छन् ।
पहिलो पटक माडीमा सम्पूर्ण पिडितहरुसगँ अन्र्तक्रियामा उनले जनयुद्धको सबैभन्दा ठुलो गल्ती भएको स्वीकार गदै अब वामपन्थीको सरकार आएकोले सबै समस्या समाधान हुने समेत बताए ।


प्रचण्डले भने तपाईहरुमा माग पुरा हुन्छ, ढुक्क हुनुहोस् उनले भने तपाईहरुसगँ पटक पटक अन्र्तक्रिया गर्दै समस्याको हल हुन्छ, हुन्न भनेर आतिनु नपर्ने बताए ।
साथै अध्यक्ष प्रचण्डले आगामी जेठमा आउने नयाँ बजेटले बाँदरमुढे घटना पिडितको माग सम्बोधन हुने बताए ।
‘सरकारले पुर्णता प्राप्त भएको करिब डेढ महिना मात्रै भएको छ,जेठ १५ गते नयाँ बजेटको तयारी हुन्छ, अध्यक्ष दाहालले भने, त्यो बजेटसम्म बाँदरमुढे घटना पिडितहरुलाई सम्बोधन गर्ने आफ्नो संकल्प छ ।’


उनले बाँदरमुढे घटना पिडितको माग सम्बोधन गर्नु आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी समेत भएको उल्लेख गरे । उनले द्धन्दको बेलामा विभिन्न घटनामा पिडित बनेकाहरुलाई यो पटक परिचय पत्र समेत वितरण गर्ने तयारी रहेको जानकारी दिए ।


पटकपटक कुरा राख्नुपरेको भनेर अप्ठेरो नमान्न समेत उनले पिडितहरुलाई आग्रह गरे । सो क्रममा पिडितहरुले कि हुन्छ, कि हुन्न भन्न आग्रह गरेका थिए ।
सोही विषयमा बोल्दै दाहालले बेलाबेलामा अन्तरक्रिया र छलफल भैरहनुपर्नेमा जोड दिए ।
सो क्रममा घटना पिडित कृष्ण अधिकारीले माग सम्बोधन तत्कालै गर्नुपर्नेमा जोड दिंदै आश्वासन मात्रै दिन नहुने बताए । २०६२ सालमा तत्कालिन नेकपा माओवादीको विद्युतिय धरापमा बस पर्दा ३८ जनाको जयान गउको थियो भने ७२ जना घाइृते भएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला घटना पिडितको माग सम्बोधन गर्ने भन्दै पिडितहरुले दाहालसँग सम्झौता समेत गरेका छन् ।
आज चितवनका विभिन्न कार्यक्रममा सहभागि हुनुभएका अध्यक्ष दाहाल आज विहानै देखि दक्षिण चितवनको माडीमा आयोजित विभिन्न कार्यक्रममा सरिक भएका छन् ।
यसअघि अध्यक्ष दाहालले विहान माडी स्थित मत्स्य संकलन केन्द्रको उद्धघाटन गरेका थिए, भने शहिद पार्कको स्थलगत अबलोकन गरेका थिए ।