नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले ३९ औं स्थापना दिवस

चितवन, २९ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले ३९ औं स्थापना दिवस विहीबार भरतपुरमा कार्यक्रम गरि मनाएको छ । शिक्षक दिवसको साथै शिक्षक हित साकोसको छैटौं स्थापना मनाइनुका साथै शिक्षक वुलेटिन विमोचन समेत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल रहेका थिए । शिक्षकहरु समाजको ऐना भएको बताउँदै प्रमुख अतिथि पोखरेलले राज्यले अझै पनि शिक्षकलाई योगदान अनुसारको सेवासुविधा दिन नसकेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी मनोज गैरेले चितवनमा अझै पनि ०.५ प्रतिशत विद्यालय बाहिर रहेको र दस प्रतिशत विद्यालय छाड्ने दर रहेको बताए ।
सो अवसरमा संगठनका संस्थापक सदस्य पिताम्बर शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षकसँग सम्बद्ध विभिन्न संघसंठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।