बैसाख २ गतेबाट मतदाता नामावली संकलन गर्ने

काठमाडौं,२९ चैत । निर्वाचन आयोगले बैसाखको २ गतेबाट गतेबाट मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । आयोगले सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन सुरु गर्ने तयारी गरेको हो ।

बैसाख २ गतेबाट सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार नामावलीमा रहेका मतदाताको विवरण अद्यावधिक समेत गर्ने तयारी छ ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने तयारी गरेको हो ।