चितवन र रत्ननगर उद्योग बाणिज्य संघ सम्मानित

चितवन, २८ चैत । चितवनका दुई उद्योग बाणिज्य संघ मोफसलमा स्थापना भएर उत्कृष्ट कार्य गरेवापत सम्मानित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा क्षेत्रगत वर्गीकरण अन्तगर्त स्थानीय स्थरमा सामाजिक तथा आर्थिक विकास उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै महासंघले उद्योग बाणिज्य संघ चितवन र रत्ननगर उद्योग बाणिज्य संघलाई सम्मान गरेको हो ।
काठमाडौंमा आयोजित एक भब्य समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपि शर्मा ओली र महासंघका अध्यक्ष भवानी राणले दुई संघका अध्यक्षहरु सहनलाल प्रधान र राजाराम रेग्मीलाई सम्मानपत्रले सम्मान गरेका थिए ।
उद्योग बाणिज्य संघ चितवनको पहिलो संघ हो भने यसले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
२०५४ सालमा स्थापना भएको रत्ननगर उद्योग बाणिज्य संघले व्यवसायिक सुरक्षा,बजार प्रर्बद्धनसंगै सामाजिक क्षेत्रका पनि काम गर्दै आएको छ ।

संघले रत्ननगर नगरपालिकाको सहकार्यमा श्रममा रहेका वालवालिकालाई श्रमबाट मुक्त गरेर उनीहरुलाई शिक्षा प्रदान गर्न वालसंरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम गरिहेको छ ।
उद्योगी तथा नगरबासीको ख्याल गर्दै सुविधा सम्पन्न एम्वुलेन्स र शिक्षाको लागि पुस्तकालय समेत सञ्चालन गरेको छ ।
उद्योगी व्यवसायीको समस्या सामाधानको लागि डेक्स बनाएर काम गरेको सो संघले लगानीका वातावरण तयार गर्न निरन्तर पहल कदमी गर्दैै आएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।