गीतानगरमा हिरो वाईकको शोरुम

चितवन,चैत २८ । हिरो कम्पनीको सम्पुर्ण सेवा सुविद्या अव पश्चिम चितवनको गीतानगर बाट पनि प्राप्त हुने भएको छ । कम्पनिले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधिबाट सेवादिने उदेश्यले चितवनको गितानगरमा केवी मोटर साईकसँगको सहकार्यमा सेल्स ,सभिस र पार्टसको सेवा शुभारम्भ गरेको हो ।
कम्पनिका सिनियर म्यानेजर दिनेश रत्न वज्रचार्यले अत्याधुनिक प्रविधि सहितको पाटर्स तथा सर्भिसको सेवाको उद्घाटन गुर्नभयो ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई सेवा दिने उदेश्य स्वरुप वकर्शपका लागि स्थानिय व्यवसायीसँग सहकार्य गरेको हो । केवी मोटरसाईकलमा नेपाल जेनेरल माकेटिङ्ग प्रालिका सम्पूर्ण वाईक, स्कुटर पाइनुका साथै अत्याधुनिक प्रविधिबाट गुणस्तरिय सेवा पनि उपलव्ध हुने बताइएको छ ।