गुञ्जानगर माविको स्वर्ण महोत्सव सुरु (भिडियो)

भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको गुञ्जानगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव अन्तर्गत बुधबार विविध कार्यक्रम गरेको छ ।
प्रदेश सांसद बलराम पौडेल प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कार, विभिन्न शिक्षक तथा कर्मचारीलाई चन्दादाताहरुलाई सम्मान लगायत विविध कार्यक्रम गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सांसद पौडेलले सामुदायीक विद्यालयमा विद्यार्थीहरुको आर्कषण कमभएको बताए ।प्राविधिक शिक्षा लगायत गुणस्थर शिक्षामा जोड दिन सके सामुदायीक विद्यालय मा विद्याथीैहरुको चाप बढ्न सक्ने धारणा राखे,।

 

 

 

अग्रेजीमाध्यमा पढाउने ,शिक्षक र विद्यार्थी अििभवावक विच समन्वय पनि हुनुपर्ने बताए । उनले फरक प्रसगं कोट्याउदै शहिद दिवस, जनैपुर्णिमा जस्ता विदा कटौती गरेकोमा चिन्ता व्यक्त गरे , राष्टिय जनावर गाई काट्न हुने जस्ता अभिव्यक्ति सरकार मा बसेकाबाट आउनाले जातिय ,धार्मिक युद्ध तर्फ देश धकेल्न खोजको आरोप लगाए ।सो अवसरमा प्रमुख अतिथी पौडेलले अग्रेजी माध्यम विद्यालय पठनपाठन गराउन ,विद्यार्थी ,शिक्षक र अभिवावक बिच समन्वयमा अगाडि बढ्न सुभाmए ।
कार्यक्रममा पूर्व जलस्रोत राज्य मन्त्री नारायण शर्मा पौडेलले विद्यालय नै पन्चायत तानाशाहा ढलाउने अधार भएको बताए । विद्यालयका पुर्व शिक्षक समेत रहेका उनले समग्र मानवसमुदायको को जीवनस्थर परिवर्तनका लागि विद्यालयले ठुलो भुमिकारहेको भनाई राखे । , वडा नम्बर १८ का अध्यक्ष दिपक लामाले पश्चिम चितवनको गरिमाको रुपमा रहेको गुन्जनगर मा.वी देशकै नमुना बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।, भोगोलिक हिसाबले पनिविद्यालयवरपर सबै जातिमिलेर बसेको विद्यालय भएकोले थप प्रशंशा गर्न लायक विद्यालयको वातावरणरहेको बताए,
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यभक्त वाग्ले, पूर्व प्रधानाध्यापक राधाकृष्ण घिमिरे, पूर्व शिक्षक ऋषिराम घिमिरे, पूर्व विद्यार्थी वीरेन्द्र पौडेल, नेपाली काँग्रेसका स्थानिय प्रतिनिधि शालिग्राम पौडेल, माओवादी स्थानिय प्रतिनिधी केन्द्रका पिताम्बर पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष जीतबहादुर तामाङ, महिला अभिवावकको तर्फबाट माया पोख्रेल, विद्यार्थी मनिष घिमिर लगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विस्णु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि सत्कार तथा स्वागत उपसमितिका संयोजक जन्मजय ढकालले स्वागत मन्तव्य राखेका थिए ।
विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको विद्यालयले ५७ वर्षपछि अहिले स्वर्ण महोत्सव मनाउँदैछ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा निर्माण गरिएको स्वर्ण स्तम्भ, स्वर्ण द्वार, स्वर्ण मञ्च,स्वर्ण गेट लगायतका भौतिक संरचनाहरुको बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावरण गर्दैछन् ।
स्वर्ण महोत्सव समापन समारोहका सन्र्दभमा विहिवार विहान, आमासमुह, विद्यालयका विद्यार्थी, अभिवावक, विभिन्न जातजातिका झाकी सहितको र्याली निकालीने सहायक प्रधानअध्यापक कृण्णहरी अधिकारी जानकारी दिए, ।
उनकाअनुसार स्वर्ण महोत्सव समारोहको समापन समारोहमा मा पुर्व प्रधान्अध्यापक, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्षहरु, विश्ष्ठि चन्दादाता ,र विशेष सम्मान समेत गरिने कार्यक्रम रहेकोछ । हाल विद्यालयमा ७०१ विद्यार्थी अध्यन गर्नै गरेका र कक्षा ४सम्म अग्रेजी माध्यमबाट पढाई हुने गरेको छ ।