हरियो सर्पले बाटो छेकेर मोटरसाइकलमै बास गरेपछि…

दाङ २८ चैत्र ।

सल्यानको कपुरकोटमा  हरियो सर्पले गुडिरहेको मोटरसाइकललाई छेकेर त्यसैभित्र बास गरेपछि ‘नाग देवता’ भन्दै पूजा गर्न र हेर्न आउनेहरूको भीड लागेको छ। ‘भगवानको स्वरुप’ भन्दै स्थानीयहरू मंगलबार रातिदेखि सर्पलाई हेर्न आएका हुन्।

 

 

मंगलबार साँझ ७ बजेतिर कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेन कपुरकोट बजारबाट घरतर्फ मोटरसाइकलमा फर्कने क्रममा उक्त हरियो सर्पले बजार नजिकै बाटो छेकेको थियो। त्यसपछि सेनले सर्पले बाटो छेकेको भनेर केही व्यक्तिलाई बोलाए। खबर पाएपछि स्थानीय सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा त्यस स्थानमा गएका थिए ।

सुरुमा यस घटनालाइ सामान्य लिइएको थियो। पछि उक्त सर्प मोटरसाइकमै बसेपछि मान्छेहरू हेर्न आएका हुन्। सर्पको कपुरकोट ५ मा बस्दै आएका जय गुरुदेव बाबा लगायतले पूजा अर्चना गरिरहेको स्थानीय डिलबहादुर बुढाथोकीले बताए । स्थानीयहरु रातभर सर्प भएको स्थानमा जाग्राम बसेका थिए ।

 

 

सर्प अझै भागेर जनाने र मोटरसाइकलबाट बाहिर निस्केर फेरी मोटरसाइकलमै गएर बस्ने गरेको छ। स्थानीयहरूले भने यसलाई ‘दैविक शक्ति’ भएको भन्दै हेर्न आएका छन्।