चितवनमा दुई अर्ब लगानीमा अन्तरर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न सत्यम स्कुल

सूर्य अधिकारी
चितवन, २८ चैत । भरतपुरको गौरीगंजमा दुई अर्बको लगानीमा अन्तरर्राष्ट्रिय स्तरको सुविधासम्पन्न विद्यालय संचालनमा आउने भएको छ ।
सैद्धान्तिक संँगसँंगै व्यावहारिक र प्रयोगात्मक शिक्षा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सत्यम स्कुल संचालनमा ल्याइने भएको हो । नेपालमा गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धात्मक बजारमा स्थानीय अभिभावकको चाहना पूरा गर्न स्कुल संचालनमा ल्याइएको स्कुल संचालकको दाबी छ । चितवन शिक्षा, स्वास्थ्य, पर्यटनको हब बनिरहेका बेला यहांँ रहेका उच्च आयस्रोत भएका परिवारका छोराछोरीलाई लक्षित गरी स्कुल संचालनमा ल्याइएको स्कुलका प्रिन्सिपल डा. हिमलाल घिमिरे बताउंंँछन ।
यहांँका उद्योगपति, व्यवसायी, चिकित्सक, इन्जिनियर लगायत राम्रो आम्दानी गरी खर्च गर्न सक्नेहरुका बच्चाहरुलाई बाहिर पठाउन नपर्ने गरी सत्यम स्कुल संचालनमा आउन लागेको हो । स्कुलको पूर्वाधार लगायत अन्य सेवा, सुविधाको काम सकिएकोले आउंँदो शैक्षिक सत्रबाट स्कुल संचालनमा आउने डा. घिमिरेले जानकारी दिए ।
नेपालमा नै पहिलोपटक पूर्णशिक्षा दिने अवधारणाका साथ स्कुल संचालनमा ल्याउन लागिएको छ । विद्यालय संचालक समितिका अध्यक्ष परशुराम (अजीव) पौडेलका अनुसार बाह्र बिघा क्षेत्रफलमा सबै सुविधासहितको स्कुलमा स्वदेशी र विदेशी शिक्षकहरुले पढाउने छन् । पौडेलका अनुसार ४८ प्रतिशत कक्षा कोठामा र ५२ प्रतिशत प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइने छ ।
स्कुलमा विद्यार्थीमैत्री कक्षाकोठा, नृत्य तथा संगीत कक्षा, प्रयोगशाला, अत्याधुनिक लाईब्रेरी रहेको पौडेलले बताए । खेलकुद तथा मनोरञ्जनको लागि रंगशाला र पौडीपोखरीको समेत सुविधा रहने छ ।
विद्यार्थी, शिक्षक र कर्मचारीका लागि खाजा तथा खानाको लागि विद्यालय परिसरमै प्रांँगारिक तरकारी, फलफूल लगाइने छ । दूध, माछा, मासुका लागि पशुपालन पनि स्कुल परिसरमा नै गरिने अध्यक्ष पौडेलले बताए । शिक्षा क्षेत्रमा लामो अनुभव संगाल्नु भएका पौडेलले भने, ‘हामी यहांँ अध्ययन, अध्यायपन गर्ने शिक्षक, विद्यार्थी र कर्मचारीका लागि आवश्यक खानपान पूर्ण प्रांगारिक बनाउने छौं ।’
स्कुलका प्रिन्सिपल डा. हिमलाल घिमिरेले विदेश र नेपालमा सिकेको सीपलाई प्रयोग गर्दै अत्याधुनिक स्कुल संचालन गर्न लागिएको बताए । उनका अनुसार कक्षा एकदेखि कक्षा तीनसम्मका विद्यार्थीलाई ट्याब र त्योभन्दा माथिका विद्यार्थीलाई ल्यापटप प्रयोग गरी पढाइने छ । आफैले पाठ्यक्रम तयार गरी हरेक विषयमा नयांँ प्रविधि अनुसार पढाउने, सिकाउने र प्रयोगमा ल्याइने घिमिरेको भनाई छ । कक्षा १ देखि ९ सम्म स्कुलमा पढाई गरिने स्कुलमा विद्यार्थीलाई एसीसहितको बस समेत उपलब्ध गराउने पौडेलले बताउनु भयो ।
। नेपालमा विद्यावारिधी गर्नु भएका घिमिरेले जापानबाट पोष्टडक्ट गरेका उनले शिक्षा संकायमा स्नातकोत्तर गरी शिक्षा क्षेत्रमा २९ बर्ष बिताएका हुन । घिमिरेले पढाउने पद्धति नयांँ हुने भन्दै वैज्ञानिक शिक्षा प्रदान गर्दै बच्चालाई प्रयोगात्मक शिक्षामार्फत ज्ञान दिलाइने बताए ।
प्रकृति र समुदायसंँग प्रत्यक्ष साक्षात्कार गरेर विद्यार्थीलाई यथार्थपरक ढंगले अध्ययन गराइने घिमिरेले बताउंँदै २१ औं शताब्दी सुहाउंँदो सक्षम नागरिक तयार गर्न आवश्यक रुपमा उत्प्रेरित गर्दै पठनपाठन गराइने उनको भनाई छ ।
अध्यापनको लागि फ्रान्स र वेलायतबाट शिक्षकहरु झिकाइने उहांँले बताउनु भयो । अन्य बिषयका लागि शिक्षकहरु छनौट गरी स्कुलले तालिम दिइरहेको छ ।