आज –२८ चैत्र २०७४ बुधवारको राशिफल

मेष

मनमा निरासा र शरीरमा आलस्य आउला । दैनिक कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मिथुन

स्वादिष्ट भोजन पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कर्यको थालनी हुनेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला

सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

धनु

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ ।

कुम्भ

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मन खिन्न हुने स्थिति आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

बृष

प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट

चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

कन्या

इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृश्चिक

व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । सरकारी निकाएको भय रहला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मकर

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मीन

शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।  ज्यो.प. नारायणप्रसाद दुलाल