चितवनको बजारमा युनाइटेड प्रेसर कुकर

चितवन, २७ चैत । चितवनको बजारमा युनाइटेड प्रेसर कुकरले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले इलाइट ई नामको नयाँ प्रेसर कुकर ल्याएको हो ।
“खाँदै जाउँ, खाँदै जाउँ, युनाइटेडको गुण गाउँदै जाउँ” भन्ने स्लोगानको साथमा हरेक गृहिणीहरुको पहिलो रोजाई युनाइटेड प्रेसर कुकर चितवनमा रहेको भरतपुर गार्डेन रिसोर्टमा डिलरहरुसँगको विशेष भेटघाटको कार्यक्रम आयोजना गरि सार्वजकि गरेको हो ।
नयाँ कुकर अत्यन्त आकर्षक हुनुका साथै मूल्य पनि कम रहेको कम्पनीको दाबी छ । यो कुकरको गुणस्तर अत्यन्तै राम्रो रहेको र उक्त कुकर एक नम्बर आल्मुनियमबाट निर्माण गरिएको हो ।
यसका साथै यसको ढक्कन पनि खिया नलाग्ने स्टिलबाट निर्मित छ । उक्त कुकर हार्ड एनोडाइज भएकाले यसमा खान नटासिने कम्पनीले जनाएको छ । यस कुकरले नेपाली ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ । युनाइटेड प्रेसर कुकरको नेपालका आधिकारिक बिक्रेता रेसुंगा इन्टरकन्टिनेन्टल प्रालिले यसका उत्पादन बजारमा ल्याएको हो । कम्पनीले तीन लिटर र पाँच लिटरका नयाँ कुकर बजारमा ल्याएको हो ।


रेगुलर आल्मुनियम कुकर, नन स्टीक कराई थिरी ईन वान स्मार्ट कुकर, हार्ड एलोडाइज कुक वयर, इलाईट कुकर लगायत अन्य धेरै सामग्रीहरुको माग अहिले बजारमा निकै बढिरहेको छ ।
भान्साका यी सम्पूर्ण सामग्रीहरुलाई रेसुंगा इन्टरकन्टिनेन्टल प्रा.लि., बालाजु–१६, काठमाडौंले आधिकारिकरूपमा वितरण गर्दै आइरहेको छ भने यस क्षेत्रभित्र भने नारायणगढ चितवनमा रहेको मिलन किचन गुड्सले मुख्य डिलरको रुपमा यसका उत्पादनहरुलाई बजार विस्तार गर्दै आइरहेको छ ।
युनाइटेड उत्पादन तयार गर्ने एकता इन्जिनियरिङ उद्योग प्रा.लि.का भाइस–प्रसिडेन्ट नावेद असरफको प्रमुख आतिथ्यतामो भरतपुर गार्डेन रिसोर्टमा डिलरहरुसँगको विशेष भेटघाटको कार्यक्रम सम्पन्न भएको हो ।
युनाइटेडको ब्रान्ड एम्बेस्डर नेपालका लागि पूर्व मिस नेपाल उषा खड्गी र चर्चित एवं लोकप्रिय संचारकर्मी तथा निर्देशक जीपी तिमिल्सिना रहेका छन् ।
एकता इन्जिनियरिङ उद्योग प्रा.लि.का उत्पादनहरु युनाइटेड प्रेसर कुकर, युनाइटेड गोल्ड, यु–कुक ब्राण्डका भान्साका अति उपयोगि सामाग्रीहरुको बारेमा साथै उत्पादक र बिक्रेता बीचको अन्तरक्रियात्मक कार्यक्रम समेत गरेको थियो । यो कुकरको नारायणगढ डिलरमा मिलन किचन गुड्स नारायणगढ रहेको छ ।