चेतन सापकोटा र नारायण धितालको तर्की तर्की (भिडियो सहित)

काठमाडौँ,२७ चैत । नेपाली संगित क्षेत्रका चर्चित गायक तथा संगितकार चेतन सापकोटाको संगितमा अर्को गीत सार्वजनिक भएको छ । गायक नारायण धिताल तथा संगीतकार चेतन सापकोटाको एल्बम “जय माया प्रेम” को दोश्रो गीत तर्की तर्की बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो।

करीब ८ बर्षको अन्तराल पछि गायक नारायण धितालले एल्बम ’जय मायाप्रेम’ लिएर आएका हुन् । गीतमा नारयण धितालको स्वर रहेको छ भने संगीत चेतन सापकोटाको रहेको छ । गीतको भिडियोमा बेनिशा हमाल,नारयण धिताल र अर्जुनरत्न भिखारीको अभिनय रहेको छ ।

गीतलाई सुदिप बरालले छायांकन गरेका छन् भने गीतमा युवराज वाइवाको निर्देशन अनि निशान घिमिरेको सम्पादन रहेको म्यूजिक भिडियो पनि आकर्षक बनेको छ।

भिडियो