देवघाटको चितवनतर्फ रहेको बसपार्कलाई कालोपत्रे गरीने

 

चितवन, २७ चैत । देवघाटको चितवनतर्फ रहेको बसपार्कलाई कालोपत्रे गरीने भएको छ । १ महिनाभित्र कालोपत्रे सक्ने गरी काम सुरु गरीएको देवघाट क्षेत्रविकास समितिले जनाएको छ । देवघाट क्षेत्रलाई नमुना धार्मीक स्थल बनाउन काम सुरु भएलगत्तै तिब्र रुपमा काम भएको देवघाट क्षेत्रविकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । गुरुयोजनालाई मूर्त रुप दिने गरी काम भएको भएको भन्दै अध्यक्ष पौडेलले यसै अनुरुप चितवनक्षेत्रमा रहेको बसपार्कलाई व्वस्थीत गर्न लागीएको वताए । उनले गुरुयोजनामा स्नान स्थल, शवदाह स्थल, झोलुङ्गे पुल, त्रिशूलीमाथि पक्की पुल, कल्पबासी भवन, कन्या वेददेवाङ्ग विद्यालय, प्राविधिक तथा ध्यान केन्द, सूचना केन्द्र, समाधिस्थल, धर्मशाला, मणिमुकुन्देश्वर धार्मिक उद्यान पार्क, क्रियापुत्री भवन सवैको लागी प्रक्रिया अगाडी बढीसकेको वताए । केही काम सकिएको र बाकी काम पनि तिब्र रुपल गर्ने गरी अध्ययन सुरु गरीएको उनले वताए ।

चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटको विकास गर्न सकेमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटक भित्र्याउन सकिने देखिन्छ । देवघाटमा माघे सङ्क्रान्ति, ठूली एकादशी, शिवरात्री, बालाचर्तुदर्शी, साउने सङ्क्रान्ति, नयाँ वर्ष, प्रत्येक महिनाका एकादशीलगायतका समयमा देवघाटमा ठूलो मेला लाग्ने गर्दछ ।