बानको प्रदेश ३ सहसंयोजकमा अधिकारी

चितवन, २६ चैत । चितवनको लोकप्रिय रेडियो रिलेशन एफएम ८८ मेगाहर्जका अध्यक्ष अनिल अधिकारी निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल ९बान० को प्रदेश ३ को सहसंयोजकमा निर्वाचित भएका छन । काठमण्डौमा सम्पन्न बानको तेह्रौ साधारणसभा तथा छैठौ महाधिवेशनबाट प्रदेश सहसंयोजकमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन । निर्वाचित भएसँगै अधिकारीले प्रदेशभित्रको निजि रेडियोहरुको समस्या पहिचान गरि आर्थिक रुपमा मजबुत बनाउन भुमिका खेल्ने प्र्रतिबद्धता जनाए । समाजको सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियोहरुबीचमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले आफ्नो कार्यकालमा यसलाई न्युनिकरण गर्दै सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन जोड दिइ्ने बताए ।
अधिकारी बिगत एक दशकदेखि रेडियो सञ्चालकको रुपमा क्रियाशील छन । उनले २०७२ सालमा स्थापना गरेको रिलेशन एफएम अहिले चितवनकै लोकप्रिय रेडियो बनिसकेको छ । सञ्चारउद्यमीसँगै उनी पुर्वी चितवनका स्थापित ब्यवसायी एवं समाजसेवी पनि हुन । उनी नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा चिनिएका कलाकार समेत हुन ।
यसैबीच बानको छैठौ महाधिवेशनबाट चन्द्र न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन ।