बलात्कारको आरोपमा १४ वर्षीय किशोर पक्राउ

 

 

 

जनकपुरधाम, चैत २६ । धनुषामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। धनौजी गाउँपालिका–१ लखौरीकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँका १४ वर्षीय सुमन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सुमनले मादक पदार्थ सेवन गरी बालिकालाई बलत्कार गरेको पीडित परिवार मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो। बालिकालाई स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।