चितवन समाज अष्ट्रेलियाको अध्यक्षमा सापकोटा

अस्ट्रेलिया, २६ चैत । चितवन समाज अस्ट्रेलियाको नेतृत्वमा छबी सापकोटा निर्वाचित भएका छन्। सिड्नीमा आयोजित साधारण सभापछि निर्विरोध रुपमा सापकोटाको नेतृत्वमा नयाँ टीम निर्वाचित भएको हो।

नयाँ कार्यसमितीको उपाध्यक्षमा अनिल पोखरेल, सचिवमा विकास बर्तौला, सह(सचिवमा उत्तम सडौला, कोषाध्यक्षमा सीता सुबेदी र सह(कोषाध्यक्षमा आशिस उप्रेती निर्विरोध चयन भए। कार्य समितिको प्रवक्तामा रमेश थापा र पब्लिक अफीसरमा पुरूषोत्तम सडौला चयन भए।

कार्यसमितिका सदस्यमा धर्मराज अधिकारी, मणि सिलवाल, आनन्द पाठक, सुजन बर्तौला, रूपक अधिकारी, गणेश खरेल, लेख गुरूङ, राम डल्लाकोटी, विजय रेग्मी, बिरन्जन बिसुराल, कामना गिरी, श्याम सुन्दर गीरी र बिनोद पौडेल निर्विरोध निर्वाचित भए।

पूर्व अध्यक्ष बुद्धी डल्लाकोटी तथा सत्य प्रकाश कँडेललाई संरक्षक बनाएको नयाँ कार्यसमितिले सल्लाहकार समेत चयन गरेको छ। चितवन समाजका सल्लाहकारहरुमा बालचन्द्र भट्टराई, तपेन्द्र थापा, युवराज भट्टराई, डिलाराम खरेल, लोकराज सुबेदी, कन्चन पोखरेल, उदय अधिकारी, नरेश थापा, डा घनश्याम चापाँगाई, डा। भुवन कँडेल, गणेश केसी,जानकी पौडेल,कोमलराज पाठक, हेमराज काफ्ले र खेम शर्मा चयन भए।

कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत केशव प्रशाद सापकोटाले नामावली पढेर सुनाएका थिए। समाजले चितवनको शिक्षा र स्वास्थ लगायतका बिभिन्न बिषयमा सहयोग पुर्‍याउँदै आएको छ।

कार्यक्रमका अतिथीहरू एनआरएन आइसीसी सदस्य दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, सचिव देब गुरुङ ,नेपाल अस्ट्रेलिया युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल लगायतले निर्वाचित पदाधिकारीहरुलाई खादा लगाएर बधाइ दिएका थिए।
अस्ट्रेलियामा छरिएर रहेका चितवनवासीलाई आपसमा जोड्ने र चितवनको बृहतर विकासमा सहयोग पुर्‍याउने भन्दै खोलिएको चितवन समाज अस्ट्रेलिया स्थापना गरिएको हो ।