आज – २०७४ बैशाख, ३ गते सोमबारको राशिफल

मेष

आँटेकोे र ताकेको कार्य पुरा होला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन

घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सरकारी निकाएको भय रहला । मानसिक चिन्ता बढ्नेछ ।

सिंह

जनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला

वैदेशिक क्षेत्र कमजोर रहला ।सामान हराउने वा चोरी हुने भयछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । लाभदायक यात्रा रहाला ।

कुम्भ

महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृष

अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट

पदोन्नतीको सम्भावना प्रवलछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

बृश्चिक

न्यायिक कार्यमा सफलता मिल्नेछ । खानपिन समारोहमा सहभागी भइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । अचल सम्पत्ति हात पर्ने योगछ ।

मकर

मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । प्रेममा सफलता पाइनेछ । पारिवारीक सुख मिल्ला । रोकिएको धन पाइएला ।

मीन

अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । घुमघाम र भेटघाटको समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल