गृहमन्त्रीको गृहजिल्लामा निर्देशन तस्कारलाई खोजी खोजी पक्राउ गरौँ (भिडियो)

चितवन, २४ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले तस्कार र अपराधीलाई कुनै पनि हातलमा खोजी खोजी पक्राउ गर्न निर्देशन दिएका छ ।
मुलुक समृद्धि र विकास तर्फ लम्कीएको छ उनले भने, अब जनता र उद्योगी व्यपारीहरुले देश चलाउनुपर्छ नकि तस्कारले । त्यस्ता तस्कारलाई तुरुन्त पक्राउ गर्नुहोस् ।
जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको सम्मान तथा सुरक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बादलले अब वडा स्तरमा भष्ट्राचार मौलाउने भन्दै भष्ट्रचार
गर्नेको नाम सार्वजनिक गर्न निर्देशन दिए ।
साथै मन्त्री बादलले चितवन जिल्लाका शान्ति सुरक्षा ,विकास निर्माणमा आवश्यक कार्यलाई अगाडी बढाउन निर्देशन दिए ।

 

 

 

गृहमन्त्री भएपछि पहिलो पटक चितवन आउनु भएका गृहमन्त्री थापाले जिल्लाको शान्ति सुरक्षा, अमन चैन तथा नागरिकलाई दिने सेवा दिने बिषयमा कुनै कसुर बाँकी नराखी काम अगाडी बढाउन कार्यालयका प्रमखहरुलाई निर्देशन दिएका हुन् । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख ,विभिन्न सुरक्षा संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरुले जिल्ला रहेका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
उनीहरुले जिल्लालाई सुशासन तथा समृद्ध बनाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
जिल्लामा भएका समस्याहरु , जुन लामो समय देखि समधान गर्न नसकिएको छैन त्यसमा विषयमा पनि मन्त्री थापालाई ब्रिफिङ गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले गृहमन्त्री थापालाई जिल्लाको सम्पुर्ण अवस्थाको बारेमा अवगत गराउनुभएको थियो ।