कुमरोज वनमा पर्यटकका लागि डुंगा सञ्चालन, हेरौँ ३ फोटो

चितवन, २४ चैत । खैरहनी नगरपालिका वडा नं.१३ कुमरोजमा पर्यटक प्रर्बद्धनका लागि राप्ती नदिमा डुंगा सञ्चालन गरिएको छ ।
पर्या पर्यटन विकासको दृष्टिकोणले अगाडि बढदै गएको कुमरोजमा पर्यटकलाई थप सेवा प्रदान गर्न नदिमा डुंगा सञ्चालन गरिएको हो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनले राप्तीमा डुंगा सञ्चालन गरेको हो । सामुदायिक वनमा हात्ती र जीप सफारी,होम स्टे सञ्चालन संगै राप्ती नदिनमा डुंगा सञ्चालन गरिएको वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए ।


सामुदायिक वन अन्तर्गत रहेको जिन्दगानी घाटमा शनिवार आयोजित कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी र खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले राप्तीमा डुंगाको उद्घाटन गरेका थिए ।


वनका अध्यक्ष हिरा बहादुर गुरुङको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जिविकोपार्जनका लागि पर्यटन र पर्यटनका लागि निकुञ्ज भन्ने मुल मन्त्रलाई आत्मसाथ गरी संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्ने बताए ।