ओली–मोदीको किन रोकियो अरुण तेस्रोको ‘स्विच अन’ कार्यक्रम ?

नयाँदिल्ली,२४ चैत । । भारतको नयाँदिल्लीमा आज शनिवार हुने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ । नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्यान्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिल्यान्यास हाललाई स्थगित भएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त ‘स्विच अन’ गर्ने भनिएपनि गृहकार्य नपुगेर स्थगित भएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने बताइएको छ ।