गृह जिल्ला चितवन पुगेर गृहमन्त्री बादलले विप्लवलाई किन दिए अतिवादीको संज्ञ ?

चितवन, २४ चैत । गृहमन्त्री राम बहादुर थापा बादलले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई अतिवादीको संज्ञ दिएका छन् ।

आज चितवनमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको  संयुक्त पत्रकार सम्मेलनमा बोल्दै  गृहमन्त्री बादलले भने“ संविधान विपरीत  गतिविधि गर्नु अतिवाद हो, यस्ता अतिवादी कृयाकलाप रोक्न सरकारले विशेष अभियान संचालन गर्ने छ।”देशमा सुशान निर्माण गर्ने अहिलेको सरकारको मूख्य उदेश्य रहेकाले अतिवादी गतिविधि गर्नेलाई कारबाही गरिने उनको भनाई छ ।

 

 

साथै गृहमन्त्री  बादलले विप्लवलाई राजनितिक मुद्धा बनाएर अघि बढ्न आग्रह गरे ।   जनप्रतिनिधिको राजिनामा  माग्नु गैरराजिनितिक  भएको उनको भनाईछ ।