आज २४ चैत्र २०७४ शनिवारको राशिफल

मेष

आकस्मिक धन लाभ हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

मिथुन

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक यात्रा होला ।

सिंह

महिला वर्ग बाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

तुला

राजननितक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

धनु

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । धर्म कर्म,परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ

कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

बृष

प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

कर्कट

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । रोजगारको अवसर मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य विग्रिएला । सरकारी निकाएको भय रहला ।

बृश्चिक

नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

मकर

घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ ।

मीन

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल