शंकरको ज्यान रामनगरमा यात्रुबाहकले लियो

चितवन, २३ चैत । चितवनको भरतपुरमा यात्रुबाहक बसले ठक्कर दिदाँ एक पदैल यात्री पुरुषको ज्यान गएको छ ।
भरतपुर १ राम नगर बजारमा नारायणगढबाट बाग्लुगं जादै गरेको ना.५ ख २५५५ नम्बर यात्रुबाहक बवसले ठक्कर दिदाँ सोही ठाउँ निवासी पदैल यात्री बर्ष ६० शंकर आलेको घटनस्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त शिव शर्मा आचार्यले जानकारी दिए । आले बसले ७ ः ५० मिनेट जादा ठक्कर दिएको उनले बताए ।
साथै ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको थप अनुसन्धान भईरहेको उनले बताए ।