नवलपुर सुनचाँदि व्यवसायी संघको अन्र्तकृया गैँडाकोटमा

गैँडाकोट, २३ चैत्र ।
नवलपुर सुनचाँदि व्यवसायी संघ नवलपुरको अन्र्तकृया तथा प्रमाणपत्र वितरण कार्यक्रम आज गैँडाकोटमा सम्पन्न भएको छ । सुनचाँदि व्यवसायी संघ, गैँडाकोट समितिको आयोजनामा अन्र्तकृया गरिएको हो । कार्यक्रममा सुनचाँदि व्यवसायीका समस्या तथा सम्भावना बारे छलफल गरिएको थियो । सो क्रममा व्यवसायीलाई शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनुपर्ने बारे व्यवसायीहरुले सुझाउ गरेका छन् ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले शुभकामना व्यक्त गर्दै मुलुकमा सुरक्षा र अमनचयन भएमात्र पेशा व्यवसाय संचालनमा सहज हुने भएकाले सबैपक्षको सहयोगमा उचित वातावरण शिर्जना गर्न आवश्यकता औल्याउनुभयो । नगर प्रमुख पौडेलले गैँडाकोट नगरपालिका भित्र पेशा व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्न नगरपालिकाले अनुकुलन बातावरण शिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख दिवश जि.सी, उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचन, गैँडाकोट–५ का वडाध्यक्ष नवराज कंडेल, लगायत सुनचाँदि व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघको गैँडाकोट समितिका सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।