रहबर अन्सारीले गरे कमाल, कांग्रेस र संघियसमाजवादी फोरमलाई लाग्यो झड्का

वीरगञ्ज,२२ चैत । विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा ४०० जना कार्यकर्ता प्रवेश गरेका छन् । चर्चित युवा नेता रहबर अन्सारीले नेपाली कांग्रेस र संघिय समाजवादी फोरमका ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका हुन्।

बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै अन्सारीले बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्ने बताए ।

कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताए ।

‘मुलूक निर्माणको अभियानमा जोडिन लाग्नुभएकोमा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दछु ।

बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्दछ’, अन्सारीले भने ‘२ नम्बर प्रदेशमा वामपन्थीको जित हुन नसक्नु जनताको हार हो । देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउँ ।’