एनआईसी एशिया बैंकले भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्ने

काठमाडौं, २१ चैत । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्ने भएको छ ।

बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।

उक्त सम्झौता अनुसारएक्सिस बैंक लिमिटेडको भारतमा अवस्थित ३ हजार ५ भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

मुलुकभर १९२ शाखा सहित निजी क्षेत्रको सबैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस एनआईसी एशिया बैंक १९३ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजार भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५ हजार ३ सय ९३ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।