चितवनमा साझमा परेको चट्याङ लागेर चार जना घाईते

चितवन, चैत २१ । चितवनको पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर चार जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बाख्रा चराउन गएका रत्ननगर नगरपालिका–५ की अन्दाजी ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी वर्ष १२ की ज्योती परियार, वर्ष १० की सिम्रन परियार र वर्ष ९ की गाजल परियार घाईते भई थप उपचार गर्न भरतपुर लागिएको छ ।
यस्तै चट्याङ लागेर ७ वटा बाख्रा समेत मरेको छ । दुई वटा बाख्रा भने घाईते भएको प्रहरीले जनाएको छ ।यसैविच हावाहुरीको कारण मामघरको छतमा रहेको ढुङ्गा खस्दा धादिङ निलकण्ठ न.पा.वडा नं.३ बस्ने बर्ष १६ की बिभुती कोईराला घाईते भएकी छन् ।
हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ भने कोईराला धादिङबाट विदा मनाउन मामाघरमा आएको चितवन प्रहरीले जनाएको छ ।