चैत्र २१ गते बुधबार यस्तो छ तपाईँको राशिफल

 

वैशाख कृष्ण चतुर्थी, वृश्चिकमा चन्द्रमा

मेषः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । मन विथोलिन सक्छ ।

वृषः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग पनि प्राप्त हुनेछ । रमाइलो गरिनेछ ।

मिथुनः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम सजिलै सम्पन्न हुनेछ । दीर्घकालीन कामको सोच बन्नेछ ।

कर्कटः दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता पर्न सक्नेछ । स्वास्थ्यमा शीर पीडा हुन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ ।

सिंहः दिन प्रतिकूल रहनेछ । केही भ्रमपूर्ण र गलत निर्णयले मनमा दुविधा पर्न जानेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

कन्याः दिन उत्तम रहनेछ । कामको दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश, जाँगर बढ्नेछ ।

तुलाः दिन मध्यम रहनेछ । बोलीवचनमा निकै सावधान रहनु पर्नेछ । खानपानका परिकारमा पनि ध्यान दिनु बेस हुनेछ ।

वृश्चिकः दिन भाग्योदयकारक रहनेछ । निकै महत्त्वपूर्ण कार्यव्रmम बन्नेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइमा गति थपिनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा व्यवधान आउन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ ।

मकरः दिन उत्तम रहनेछ । नवीन आयस्रोत खुल्नेछ । मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग प्राप्त हुनेछ । विद्याबुद्धि बढ्नेछ ।

कुम्भः दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मानसम्मान तथा पुरस्कार पाइनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।

मीनः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्र कमजोर रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । शरीरमा रोग लाग्न सक्नेछ ।