सहकारी दिवसमा टाँडी बजार सरसफाई

चितवन, २० चैत । ६१ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा रत्ननगरका महिलाहरुले रत्ननगरको टाँडी बजार सररफाई गरेका छन । रत्ननगर २ मा रहेको सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले सौराहाचोक नजिक रहेको पुलदेखि सब्जीमण्डी सम्म सरसफाई गरिएको सहकारीकी सदस्य ज्वाला वनलृे जानकारी दिईन । मेयर नारायण वन,उपमेयर विमला दुवाडी सहित सहकारीका सदस्यहरुले बजार सरसफाई गरेका हुन । सहभागीहरुले बजारमा जथाभावी फालेका प्लाष्ट्रिक,सिसा,बोरा संकलन गरी नगरपालिकाको फोहोर व्यवस्थापर्ने गर्ने ठाउँमा पठाईएको थियो । फोहोर संकलन गर्ने क्रममा व्यवसायीहरुले जथाभावी फोहोर फाल्ने गरेको पाईउपछि उनीहरुलाई सचेत गराईएको मेयर वनले बताए । जथाभावी फोहोर नफाल्न आग्रह गरेका छौं उनले भने फोहोरलाई व्यवस्थित रुपमा राखेर नगरपलिकाको गाडीमा पठाउन अनुरोध गरिएको छ । कार्यक्रम सहकारीकी अध्यक्ष प्रमिला ढकालको अध्यक्षतामा भएको थियो ।