नेकपा एमालेका नेता भेटवाल आइसियूमा

चितवन,१९ चैत । एमालेका नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । क्यान्सर रोगबाट पीडित एमाले नेता जागृतप्रसाद भेटवालको अवस्था गम्भीर भएपछि उनलाई बीर अस्पतालको आइसियूमा सारीएको छ ।

मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई वीर अस्पतालमा लगिएको छ ।

क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सवै अंगमा क्यान्सर रोग फैलिसकेको चिकित्सकहरुले बताएका छन् । उनलाई ०६२ सालदेखि नै यो समस्या थियो। ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो।

उनलाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो ।नेता भेटवाल डेढमहिना अघिबाट काठमाडौंमा नै उपचार गराइरहेका छन् ।