वाईसियलले समात्यो अवैध वोन लेस कुखुराको मासु

चितवन, १९ चैत । चितवनमा अवैध भारतीय कुखुराको तयारी मासुसहित एक ट्र«क समाएको छ ।
भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने सूचनाको आधारमा वाईसिय चितवनको टिम र कखुरा पालक किसानहहरुको संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको करिब वोन लेस ८ हजार किलो मासु वरामद गरेको वाईसियल चितवनका ईन्चार्ज मधु न्यौपानेले जानकारी दिए ।
गएराति पक्राउ नवपरासीको दुम्सी देखि पिछा गर्दै रामनगर पानी ट्यागंकीबाट पक्राउ गरि तत्कालै वाईसियल टिम रामनगर प्रहरी सो ट्रक र भित्र रहेको मासु बुझाएको समेत उनले बताए ।
यु पि ७० वि टि १७७६ भारतीय नम्बर पिलेटको ट्रकले भन्सारको कागजमा माछा, आलु, केराउ, मकै र आलुको चिप्स भनेर उल्लेख भएपनि ट्रक भित्र हेर्दा मकै र चिप्सको विचमा वोन लेस कुखुराको मासु भेटेका जिल्ला ईन्जाच न्यौपानेले बताए ।
यस विषयमा थप जानकारी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने वाइसियल चितवनले जनाएकोे छ ।
यसअघि पनि विभिन्न अवैध सामाग्रीहरु गाडी समातेर प्रहरीलाई बुझाउदै आएको छ ।
सो टोलीमा न्यौपानेसहित कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेल, वाईसियल केन्द्रिय सदस्यहरु, उत्तम गुरुङ्ग र साजन अधिकारी, वाईसियल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसियल भरतपुर १० का अध्यक्ष दिपेद्र पण्डित र वडा २ का अध्यक्ष अमर तामाङ्ग र भानु न्यौपाने सहभागी थिए ।