अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस ईकाई समितिको संयोजकमा सन्तोष

चितवन, १८ चैत । बैद्य निकट अखिल क्रान्तिकारी सप्तगण्डकी बहुमुखी क्याम्पस ईकाई समितिको संयोजकमा सन्तोष मिश्र चयन भएका छन् ।
ईकाई समितिको आज सम्पन्न भेलाले मिश्रको संयोजकत्वमा १७ सस्दययी समिति गठन भएको हो ।
जसको सदस्यहरुमा जिगर खड्का, सन्जय क्षेत्री, अन्जना सिलवाल, आर्दश पौडेल, रति चुनेली, विशाल परियार, सिलपा अधिकारी, सन्दीप तामाङ्ग, अर्पना थापा, प्रविन शर्मा, सन्दीप विश्वकर्मा, नवल मगर, शंकर सुनवार, कुमराज गुरुङ्ग र निरज खत्री रहेका छन् ।
ईकाई अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा सम्पन्न समितिका केन्द्रिय सदस्य दिपक पोख्रेरल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष अमित सापकोटा (अविरल) लायतले बोलेका थिए ।