माडीका कुखुरापालक किसानलाई एकदिने अभिमुखीकरण

विकास भुसाल

माडी, १७ चैत । नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समितीको आयोजनामा माडी नगर स्तरीय कुखुरापालक किसानहरुको लागी एकदिने अभिमुखीकरण तालिम माडी नगरपालिकामा सम्पन्न भएको छ ।

माडी नगरपालीकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यामा भयोको कार्यक्रममा विशिष्ट अतिथिमा मुख्य प्रशिक्षकमा चितवन जिल्ला पशु सेवा केन्द्रका डाक्टर रामचन्द्र आचार्य रहनु भएको कार्यक्रममा नेपाल कुखुरापालक किसान संघका निर्वतमान अध्यक्ष प्रकाशबाबु खनालले स्वागत भाषण साथै किसान संघ स्थापना कालदेखी हालसम्मको अवस्था र चुनौतीको बारेमा प्रष्ट पार्नुभयो ।

कार्यक्रमले माडी नगरपालीका स्तरीय कुखुरा पालक किसान संघ नरायण पौडेलको अध्यक्षतामा चयन गरेको छ । कार्यक्रम नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय अध्यक्ष झनक प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।