केन्द्रिय बस टर्मिनलमा पाचौँ अस्टधातु शिवमुर्ति निर्माण विराट ज्ञान महायज्ञ हुदै

शिव शर्मा
भरतपुर चैत्र १५ । चितवनमा पाचौ अस्टधातु शिव मुर्ति निर्माण बिराट ज्ञान महायज्ञ हुने भएको छ । भरतपुरको केन्द्रिय बस टर्मिनल स्थित सहकारी विकास बोर्डको प्राङ्गणमा चैत्र २२ देखि ३० गते सम्म महायज्ञ संचालन हुने आयोजक देवघाट धाम सम्रक्षण प्रतिष्ठानले आज (बिहिबार ) भरतपुरमा पत्रकार सम्बेलन गरि जानकारी दिएको छ । धार्मिक बिकासका निम्ति संग्राहलय हरियाली पार्क र अस्टधातु मिश्रित ३० फिट अग्लो भगवान शंकरको मुर्ति निर्माणका लागि महायज्ञ संचालन हुन लागेको देवघाट धाम सम्रक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले बताए ।

धर्म सस्कृतिको रक्षा र प्रबद्र्दन गर्न कार्यक्रम फलदायी हुने अधिकारीको दाबि छ । पर्यटन प्रवद्र्धनको माध्यम बाट देशलाई आर्थिक समृद्दी तर्फ डोर्याउन कार्यक्रम आयोजना गरिएको अधिकारीको भनाइ छ ।

शिवमुर्ति सहितको दिब्यधामको निर्माणको लागि करिब ५ करोड लागत अनुमान गरिएको छ । साथै करिब सय क्विन्टल अस्टधातु आबस्यक पर्ने अधिकारी बताउछन ।

यहि कार्यका लागि ४ पटक यज्ञ गरि सकिएको छ । विभिन्न बोलवमको अबसर पारेर देवघाट धाममा २ पटक र रत्ननगर नगरपालिका वडा न १ स्थित भक्तिनी बगैचा र सौराहामा यज्ञ गरिएको हो । जसबाट अहिले सम्म ३३ लाख ३२ हजार रुपैया सहित ३८ क्विन्टल अस्टधातु संकलन भइसकेको छ ।
शिव मुर्ति निर्माणका निमित्त मात्र १ करोड ५० लाख रुपयाको लागत अनुमान गरिएको पनि सरकारी अनुदान अहिले सम्म प्राप्त नभएको आयोजकको गुनासो छ । देश संघियतामा गइसकेको भन्दै अधिकारीले महानगरपालिका हुदै प्रदेश र केन्द्रमा पनि सहयोगको प्रस्ताब लैजाने अधिकारीको भनाइ छ । “२०७४ साल निर्वाचन मय बर्ष भयो अहिले यस्तै भयो ।”

उनले भने “अब महानगरपालिका हुदै प्रस्ताब लैजान्छौ ।”
प्रतिष्ठान द्वारा लक्षित संरचनाको नक्शांकन सम्पन भइसकेको आयोजकको दाबि छ । देवघाटमा सरकारको नाममा रहेको १.४७ हेक्टर जमिन प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

३० फिट अग्लो भगवान शंकरको मुर्ति २ बर्षमा सकिसक्ने अधिकारीको दाबी छ । महायज्ञलाइ सफल बनाउन ५ सय १ सदस्यीय मुल समारोह समिति सहित १९ सदस्यीय सचिवालय समिति र ७ उपसमिति बनाएर तयारि थालिएको छ । प्रयोग बिहिन अस्टधातु घरमा थन्किएर बसेको भए महायज्ञमा सहयोग गरिदिनु हुन आयोजकले आग्रह गरेको छ । महायज्ञको चैत्र २२ गते प्रदेश न ३ का मुख्य मन्त्रि डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।