थारु लोककथा ‘बुधनी’ नाटकको रुपमा मञ्चन हुने

काठमाडौं, चैत १५  ।  थारु लोककथामा आधारित ‘बुधनी’ अब नाटकको रुपमा मञ्चन हुने भएको छ। नाटकलाई अनुप बरालले निर्देशन गर्दैछन्।

नाटक यही चैत १६ र १७ गते दाङदेउखुरीको वनगाउँमा रहेको बाल जनता उच्च माविमा देखाइँदैछ। थारु लोककथा बुधनीलाई लेखक तथा पत्रकार कृष्णराज सर्वहारीले संकलन गरेका हुन्।
बुक बस र सिर्जनालयले संयुक्त रुपमा नाटक मञ्चन गर्न लागेका हुन्।