रोल्पाका क्यान्सर पिडित सन्तोषलाई रोल्पाली नेता र पत्रकारको सहयोग

चितवन, चैत्र १४ । रक्त क्यान्सरका कारण उपचारार्थ रोल्पाका विरामी सन्तोष बुढा मगरलाई आर्थीक सहयोग भएको छ ।
विगत केही महिनादेखी क्यान्सरका कारणमा भरतपुर क्यान्सर अस्पतालमा रहेका उनलाई नेपाल पत्रकार महासंघ रोल्पा शाखा र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा उठेको रमक हस्तान्तरण गरीएको हो ।
काठमान्डौं तथा नेपाल वाहिर रहेका नेपालीहरुवाट संकलन गरीएको १० लाख रुपैया हस्तान्तरण गरीएको पत्रकार महासंघ रोल्पाका जिल्ला अध्यक्ष मानसिङ विश्वकर्माले जानकारी दिए ।
देश्रो चरणको १३ लाख रुपैया आज एक समारोहका विच पत्रकार महासंघ रोल्पाका जिल्ला अध्यक्ष मानसिङ विश्वकर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुन, अस्पतालका उपनिर्देशक निर्मल लामीछाने, उपाराष्टपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले हस्तान्तरण गरेका थिए ।
विरामीको उपचारको लागी २१ लाख खर्च लाग्ने जानकारी गराउदै उनले आफुहरुले ३ चरणमा रकम हस्तान्तरण गर्ने जानकारी दिए ।
यसअघि प्रथम चरण अन्र्तगत ३ लाख रुपैया सहयोग गरेको जानकारी दिदै उनले बुधवार १० लाख रुपैया हस्तान्तरण गरीएको वताए ।
यसपछि पनी तेस्रो चरणमा थप तिन लाख सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । बैदेशीक रोजगारीको शिलशिलामा विदेशमा रहदा विरामी भएपछि विरामी सन्तोषलाई नेपाल पठाईएको थियो ।
काठमान्डौंमा रहेको वि एण्ड वि अस्पतालमा उनलाई क्यान्सर रोग लागेको पुष्ठी भएको रोल्पा जिल्ला माडी गांउपालिका वडानम्बर ५ का अध्यक्ष भरत बुढा मगरले जानकारी दिए ।
स्थानिय निकाय अन्र्तगत वडावाट रु १ लाख रुपैया सहयोग गरीएको भएपनि यतिले रकम अभाव हुने उनले वताए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर क्यान्सर अस्पतालका उपनिर्देशक निर्मल लामीछानेले क्यान्सर जस्ता गम्भीर रोगका विरामीहरुलाई सरकाले निशुल्क उपचार गराउनुपर्नेमा जोड दिएका थिए ।