ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य शिविर

चितवन, १३ चैत । राप्ती नगरपालिका वडा नं.१० खहरे सामुदायिक स्वास्थ्य ईकाइमा निशुल्क स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
राप्ती नगरपालिकाको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा ४०० जनाको स्वास्थ्य परीक्षण गरिएको भण्डारा स्वास्थ्य चौकीका कर्मचारी राजेन्द्र घायलले बताए ।
शिविरमा स्वास्थ्य जाँच गरी निशुल्क औषधि समेत वितरण गरिएको उनले जानकारी दिए ।
चितवन मेडिकल कलेजका डा.आयुष, भरतपुरका अस्पतालकम डा.विवेक कँडेल,डा.जिज्ञासा सुवेदी लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।
साथै वडा नं.१० अन्तर्गतका ७५ बर्ष भन्दा माथीका ३५ जना ज्यष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुली, सह संयोजक राममणि सिलवाल,जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टोल कन्टोल निरीक्षक राम केसी लगायतले मन्तव्य राखेका थिए ।
वडा नं.१० का वडा अध्यक्ष अमरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन अधिकृत पद्मनाभ ढकालले सञ्चालन गरेका थिए ।