भरतपुर अस्पताल प्रकारण : पदपूर्तिमा असफल भएपछि सरकारमाथि खनिए मेसु

 

दिपेन्द्र अधिकारी
चितवन, १३ चैत । आफूखुसी अन्तरवार्ता विधि कर्मचारी भर्ना गराउन असफल भएपछि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्र मरासिनी पछिल्लो समय सरकारविरुद्ध नै खनिएको आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
यसअघि अस्पतालमा दैनिक ज्यालादारीमा पदपूर्ति समितिलाई प्राभाव पारी आफूखुसी कर्मचारी भर्ना गरेका उनी हाल पदपूर्तिका लागि आब्हान गरिएको ल्याब सम्बन्धमा भने कर्मचारीकै कारण तेस्रो पटक विज्ञापन गर्न बाध्य भएका छन् ।
सुरूमा केहीले मात्र चाहना राख्लान् र तीनलाई अन्तरवार्ताबाट पदपूर्ति गरौला भन्ने सोचेका मेसु पुडासैनी अन्ततः घुँडा टेक्न बाध्य भएका थिए । आवेदन माग गरिएको पदमा सोचेको भन्दा धेरै परीक्षार्थी भएपछि र अन्तरवार्ता विधिबाट आफ्नो मान्छे राख्न खोजेको भन्दै विरोध भएपछि सो प्रक्रिया स्थगित भएको थियो । स्वास्थ्य मन्त्रालयबाट शुक्रबार एक्कासी यो परीक्षा रोक्नु भनेर पत्र आयो । मन्त्रालयको पत्रपछि परीक्षा रोकिएको हो । मेसु डा मरासिनीले अस्पतालमाथिको राजनीतिक हस्तक्षेप भएको सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरी मेसुले आक्रोश पोखेका हुन् ।
मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दी संख्या, कार्यरत कर्मचारीको विवरण, रिक्त दरबन्दीको अवस्थाको विवरण ल्याउनु भनेको छ । लिखित परीक्षाका लागि प्रवेशपत्रसमेत बाँडिसकेको अवस्थामा शुक्रबार मन्त्रालयले हस्तक्षेप गरेको हो । ल्याब टेक्निसियन दुई र ल्याब एसिस्टेन्ट पदमा तीन गरी कूल पाँच कर्मचारीको माग गरिएको थियो । टेक्निसियनमा ८८ एशिस्टेन्टमा १४८ जनाले आवेदन दिएका छन् ।
यस्तो थियो तयारी
२०७४ पुस १३ र माघ २८ गते भरतपुर अस्पतालले ल्याबलगायत केही प्राविधिक विषयमा कर्मचारी माग ग¥यो । ल्याब टेक्निसियन, ल्याब एसिस्टेण्ट र हिस्टो प्याथोलोजी सहायक माग भएकोमा पहिलो पटक पुस १३ मा प्रकाशित विज्ञापनमा तीन वटै पदमा अन्तरवार्ता विधिबाट मात्र कर्मचारी नियुक्त गर्ने उल्लेख थियो । यस विधिको विरोध भएपछि माघ २८ गते पुनः लिखित र अन्तरवार्ता दुवै विधिबाट छनौट गरिने भनी विज्ञापन पुनः प्रकाशन भयो ।
ल्याब टेक्निसियनको फागुन २८ र ल्याब एशिस्टेन्टको फागुन २९ गते लिखित परीक्षा तोकिएको भन्दा फागुन १३ गते भरतपुर अस्पताल प्रशासनले सूचना टाँस गरेको छ । सूचनामा हिस्टो प्याथोलोजीको विषयमा केही खुलेको छैन । अस्पतालले परीक्षा मिति तोके पनि सरकारले नै दरबन्दीबारे स्पष्ट खुलाउन भनेपछि अस्पताल प्रशासन पछि हटेको छ ।