संघीय संसदको आठौं बैठक शुरु

काठमाडौं, १२  चैत्र । संघीय संसदको आठौं बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ । सोमबार दिउँसो १ बजे शुरु भएको बैठकमा तीनवटा कार्यसूची रहेको संसद सचिवालयल जनाएको छ ।

आजको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ ।

त्यसपछि सभामुखले प्रतिनिधिसभा नियामावली मस्यौदा समितिमा रहने संसद सदस्यको नाम हेरफेरका जानकारी गराउनु हुने छ ।

त्यसैगरी,कानून, न्याय तथा संसदीय मामिला मन्त्र िशेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिका धानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) २०७४ पेश कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनु भयो ।