मुख्य मन्त्री डोरमणि भन्छन् : ठोरीलाई ३ नम्बरमा आयोगले गाभ्नेछ

 

चितवन, १२ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले ठोरी ३ नम्बर प्रदेशको सबैभन्दा छोटो उपयोगी नाका हुने बताएका छन् ।
माडीका विभिन्न ठाउँमा अवलोकन लागि गएका पौडेल ठोरी समेत पुगेर त्यहाँको विभिन्न ठाउँहरुको अनुगमनपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।


मुख्य मन्त्री पौडेललाई ठोरीमा भव्य स्वागतसगैँ त्यहाँका स्थानियहरुले ठोरीलाई प्रदेश ३ मा नै राख्न माग समेत गरेका थिए ।
उनले भने यो विवादका लागि आयोग बनेको छ, अर्को चुनाव अघि ठोरी ३ प्रदेशमा नै हुनेछ । आयोगले नै ठोरीमा स्थलगत अवलोकन र निरीक्षण गरि प्रतिवेदन समेत बनाउनेछ ।


उनले  प्रदेश ३ मा गाभ्ने विषय कानुनी प्रक्रिया आयोग बनेकोले त्यसैले जनताको अपेक्षा अनुसार काम गर्ने भन्दै ढुक्क रहन आग्रह पनि गरे ।
सो अवसरमा उनले ठोरीका विभिन्न ठाउँको स्थलगत अनुगमन गरेका थिए । मुख्यमन्त्री पौडेलको साथमा भूमिसुधार, कृषि तथा सहकारीमन्त्री  दावा लामा, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहित प्रदेश सासदहरु सहभागी थिए ।