माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक : जिम्मेवारी हेरफेर

काठमाडौँ , १० चैत । नेकपा.माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पार्टी नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शनिबार बिहान बसेको बैठकले नेताहरुको संगठनात्मक जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो । बैठकले प्रदेशका ईन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

नयाँ जिम्मेवारी अनुसार प्रदेश नं.–१ मा राम कार्की, प्रदेश नं.–२ मा विश्वनाथ साह, प्रदेश नं.–४ मा हितराज पाण्डे, प्रदेश नं.–५ मा मणि थापा, र प्रदेश नं.–६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ । प्रदेश नं.–३ मा हितमान शाक्य र प्रदेश नं.–७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।

प्रदेश नं.–१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं.–२ का मातृका यादव, प्रदेश नं.–५ का वर्षामान पुन र प्रदेश नं.–६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं.–४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको माओवादी स्रोतले जानकारी दिएको छ ।