मेयर टि ट्वान्टी कप क्रिकेट प्रतियोगिता : टाँडी र खेलकुद विकास समिति विजयी

चितवन, ६ चैत । चितवनको रत्ननगरमा जारी मेयर टि ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलवार भएको खेलमा टाँडी युवा क्लव र खेलकुद विकास समिति रत्ननगर १४ विजयी भएका छन् । टाँडी रक्सको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा प्रगति टोल विकास सस्था विरुद्ध टाँडी युथ क्लव ६ विकेटले विजयी भयो । टस हारेर पहिले व्याटिङ गरेको प्रगति टोलले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १ सय ७३ रनको लक्ष्य दिएको थियो । प्रगतिका लागि भरत भण्डारीले ७० ,प्रदिप रेग्मीले ४९ रन वनाए पनि जितका लागि पर्याप्त भएन । जवाफी व्याटिङमा उत्रिएको टाँडी युथ क्लवले १९ ओभर ३ वलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टाँडीका लागि मनिष क्षेत्रीले सर्वाधिक ४९ रन वनाए । ४ विकेट लिएका टाँडीका सविन क्षेत्री खेलको म्यान अफ दि म्याच घोषित भएको टाँडी रक्सका सचिव प्रसिद्ध अधिकारीले जानकारी दिए । त्यस्तै दोश्रो खेलमा खेलकुद विकास समिति रत्ननगर १४ ले सहयोगी युवा क्लव वीरेन्द्रनगरलाई ७८ रनले पराजीत गर्यो । टस जितेर व्याटिङ गरेको रत्ननगर १४ ले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन वनायो । जवाफी व्याटिङ गरेको सहयोगी युवा क्लव १२ ओभरमै ९९ रन वनाउँदा अल आउट भयो । खेलमा८५ रन को योगदान दिएका रत्ननर १४ का सचिन मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको विजेतालाई नगद ५० हजार र मेडल तथा उपविजेतालाई नगद २५ हजार सहित मेडल प्रदान गरिने टाँडी रक्सका अध्यक्ष धु्रव वर्तौलाले जानकारी दिए ।