अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा पौडेल

चितवन, ४ चैत । अखिल (क्रान्तिकारी) बालकुमारी कलेजको अध्यक्षमा रिदम पौडेल चयन भएका छन । आज(आइतबार) बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बालकुमारी कलेज, मूल इकाई कमिटिको बैठकले पौडललाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा सचिन भट्ट र आशिष सुवेदी, सचिवमा अनिल घिमिरे, सह–सचिवमा सन्दिप खराल र लक्ष्मी तिवारी, कोषाध्यक्षमा बन्दना पौडेललाई चयन गरेको छ ।
सदस्यहरुमा सुवास ढकाल, विमला पौडेल, उमाकान्त सापकोटा र सागर ढकाललाई चयन गरिएको छ ।