सहिदचोकमा नारायणगढ जेसिसद्धारा ट्राफिक जनचेतनामुलक कार्यक्रम

 

चितवन, २ चैत । सवारी दुर्घटना न्युनिकरणका लागी नारायणगढ जेसिस तथा नारायणगढ लेडी जेसिसले गत महिना देखि शुरु गरेको ट्राफिक जनचेतनामुलक विशेष अभियान शुत्रवार (आज) सहिदचोकमा सम्पन्न भएको छ ।
प्रत्येक महिनाको २ गते आयोजना हुने कार्यक्रममा “छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ”,“तिव्र गति जीवनको क्षति ” लगायतका सन्देशमुलक प्ले कार्ड प्रर्दशन गरिएको थियो ।
नारायणगढ जेसिसका अध्यक्ष जेसि अर्जुन अधिकारीको अक्ष्यक्षतामा सम्पन्न सो कार्यक्रममा नारायणगढ जेसिसका पुर्व अक्ष्यक्ष गोपाल भट्टराई प्रमुख अतिथि रहनु भएको थियो ।
आमिल प्रधानको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चौतारी टोल सुधार समितिका सल्लाहकार टंक राज सापकोटा लेडि जेसिसकी अध्यक्ष रमा श्रेष्ठ, नारायणगढ जेसिसका महासचिव विकासमान श्रेष्ठ लगाएत व्यवसायी स्थानियको सहभागिता थियो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यलयको समन्वयमा आयोजना गरिएको हो ।