नेपाल र भारत पर्यटन गोष्ठी सुरु, स्वास्थ्य पर्यटनमा जोड दिऔँ : भारतीय राजदुत सिहं (भिडियो)

चितवन, २ चैत । राजधानी काठमाडौँ बाहिर पहिलो पटक चितवनमा पर्यटन प्रर्वद्धनका लागि नेपाल र भरतको पर्यटनलाई प्रर्वद्धनात्मक गोष्ठी तीन गोष्ठी सुरु भएको छ।
भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले चितवनको नारायणगढमा संयुक्तरुपमा नेपाल भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गोष्ठी आयोजना गरेका हुन् । आर्थिक समृद्धिका लागि नेपाल र भारतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने विश्वासको साथ सुरु भएका गोष्ठीको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्धघाटन गरेका थिए ।

 

 


नेपाल र भारतबीच रहेका प्राकृतिक, साँस्कृतिक, धार्मिक, कृषि तथा स्वास्थ्यसँग सम्बन्धित पर्यटन क्षेत्रलाई संयुक्त प्रवद्र्धन गर्ने लक्ष्यका सुरु भएको गोष्ठीले मध्य नेपालबाट आर्थिक विकासको ढाका खोलेको आयोजकहरुको दावी छ ।
सो अवसरमा बोल्दै राजदूत मञ्जीवसिंह पुरीले पर्यटनले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने भएकोले सीमापारको पर्यटनलाई प्रवद्र्धन महत्वपूर्ण हुने बताए ।
उनले स्वास्थ्य पर्यटनबाट समेत भारतले धेरै आर्थिक वुद्धि गरेका् जानकारी दिदै मेडिकल सिटीका लागि नेपालको मध्य भागमा पर्ने चितवन उपयुक्त भन्दै यसमा पनि नयाँ फड्को मार्न सुझाव दिए ।
‘पर्यटनले देशको आर्थिक वृद्धिदरमा सहयोग गर्छ’ राजदूत पुरीले भने, ‘नेपाल र भारतबीच सीमापार (क्रसबोर्डर) पर्यटनको धेरै ठूलो सम्भावना छ । यसका लागि पर्यटन प्रवद्र्धन आवश्यक छ ।’


पर्यटनमात्र नभएर द्विदेशीय सम्बन्धमा पनि सुधार ल्याएको लागि पनि पहिलो पटक राजधानी बाहिर यो गोष्ठी सुरु गरेको जानकारी दिए ।

दुई देशबीच पर्यटक आदानप्रदान गर्न सक्ने सम्भावनाको खोजी गर्नुपर्ने विचार व्यक्त गर्दै भारतीय राजदूत पुरीले पर्यटन प्रवद्र्धन गरेर दुबै देशमा पर्यटन व्यवसायलाई उकास्न सकिने बताए । उनले प्रकृति अनुप सुन्दरले भरिएको नेपाल र भारतका व्यत्ति,हरुबीच अन्तरक्रिया गर्ने सशक्त माध्यम पर्यटन भएकोले पर्यटनको विकासले सम्बन्ध बिस्तारमा सहयोग पु¥याउने धारण व्यक्त गरेका थिए ।

गोष्ठी उद्घघाटन कार्यक्रमको अध्यक्षता गरेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वाग मन्तव्य व्यक्त गर्दै नेपालले आर्थिक समृद्धिका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्यटन नै भएको बताईन् । उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरेर पर्यटन उद्योगलाई प्रमुख आधारको रुपमा विकास गर्न आवश्यक भएको बताईन् ।


साथै उनले देवघाटदेखि वनारस, गया, मुक्तिनाथ, मानसरोवर तीर्थयात्राको लागि भरतपुर ट्रान्जीट मार्गको रुपमा विकास गर्न भरतपुरदेखि गया र वनारस सिधा यातायात सञ्चालन गर्न आफुहरु तयार रहेको भन्दै भारतले पनि सहयोग गर्न आग्रह गरिन् ।
प्रमुख दाहालले महानगरपालिका र समग्र चितवनको गहनाको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, दूर्लभ एकसिँगे गैँडा, पाटेबाघ लगायत वन्यजन्तु तथा सिमसार, रामसारको संरक्षणका लागि निजी क्षेत्र तथा छिमेकी देश भारतलाई लगानीको लागि अनुरोध गरिन् ।

मेयर रेनुले सो अवसरमा चितवनको करिब आधा भाग आगटेको महानगरपालिकाभित्र पर्यटकीय स्थलका रुपमा पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम, जल पर्यटनका लागि असिम सम्भावना बोकेको नारायणी नदी, राप्ती नदी, पर्यापर्यटनको प्रचुर खानी चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका पटिहानी, जगतपुर, मेघौली, बीसहजारी ताल, बाटुली पोखरी, रानी पोखरी, ज्ञानेश्वर ब्लक, वागीश्वरी, गणेशस्थान, हाइकिङका लागि कविलासमा रहेको चौकीडाँडा लगायतका ठाउँ आर्थिक समृद्धिको आधार भएको बताईन् ।

गोष्ठीमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल, मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल र भारतीय महावाणिज्यदूत बीसी प्रधान, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले पर्यटनका माध्यमबाट आर्थिक विकास सम्भव भएको धारणा व्यक्त गरेका थिए । तीनदिने गोष्ठीको पहिलो दिन चितवनका पर्यट विज्ञ विश्व सुवेदीले नेपालसगैँ मध्यनेपालको पर्यटन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन पर्यटकीय क्षेत्रको अवलोकन र तेस्रो दिन आइतबार बिजनेस टु बिजनेस मिटिङ हुनेछ । यो कार्यक्रमबाट दुई देशका पर्यटनसँग सम्बन्धित व्यक्ति, समूह, संस्था, व्यवसायी र निकायसँग राम्रो सम्बन्ध बिस्तार हुने र पर्यटकीय सम्पदाहरुको उजागर हुने विश्वास लिइएको छ ।